काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन फिल्मको सुटिङका क्रममा घाइते भएका छन् । अमिताभ बच्चनले आफ्नो ब्लगमा यसबारे जानकारी दिएका छन् ।
उनले हैदरावादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य सुटिङका क्रममा घाइते भएको बताएका छन् । अमिताभ बच्चनको करङमा चोट लागेको छ ।
अमिताभ बच्चनले चोटका कारण सास फेर्न र हिँड्दा दुख्ने गरेको र त्यसका लागि औषधि दिइएको बताएका छन् ।
अमिताभ बच्चनले निको नभएसम्म सबै भेटघाट र कार्यक्रम स्थगित गरेका छन् ।