काठमाडौं । क्रिकेटर शरद भेषावकर र अभिनेत्री निशा अधिकारीको वैवााहिक सम्बन्धमा खटपट सुरु भएको छ । सम्बन्धमा तीतोपना सुरु भएसँगै निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंश मुद्दा दायर गरेकी छन् ।
निशाले नाबालक छोरालाई समेत अंश भाग लगाउन माग गरेकी छन् । निशाले अंश भागबण्डा लगाउन मुद्धा हाले पनि सम्बन्धविच्छेदको मुद्धा भने होलेकी छैनन् । निशा अधिकारीले अंश मुद्दा दायर गरेपछि काठमाडौंले क्रिकेटर शरद भेषवाकरको सम्पत्तिको विवरण माग गरेको छ। आइतबार जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासमा निशाको निवेदनमाथि सुनुवाइ भएको हो ।
लामो समय प्रेममा बसेर २०७४ असारमा विवाह गरेका यो जोडी अब अलग हुन लागेको बताइउको छ । उनीहरु २०७४ सालमा विवाह बन्धनमा बाँधिएका थिए भने २०७५ सालमा निशाले छोरालाई अमेरिकामा जन्म दिएकी थिइन् । निशाले छोरालाई पनि अंश माग गरेकी छन्। अहिले दुवै नेपालमै आआफ्नो क्षेत्रमा सक्रिय रुपमा लागिपरेका छन् ।
सम्बन्धविच्छेदका लागि छुट्टै मुद्दा दायर गर्नुपर्ने भउकाले अंश मुद्दा दायर गरे पनि उनीहरुको तत्काल सम्बन्धविच्छेद नहुने बताइएको छ । उनले डिभोर्सको मुद्दा भने दिएकी छैनन । निशाले सम्बन्धविच्छेद नगरी अलगै बस्न चाहेको उनले दिएको निवेदनबाट पुष्टि हुन्छ। यसैले पनि अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबीचको दाम्पत्य जीवनमा संकट उत्पन्न भएको प्रस्टै देखिन्छ ।