काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको बि एण्ड सी अस्पतालको श’ बगृहमा एकदिन श’ ब राख्दा २२ हजार ५ सय रुपैयाँ शुल्क लिने गरेको प्रमाण भेटिएको छ । पछिल्लो समय अराजक व्यवसायीको रुपमा परिचित प्रसाईं नेतृत्वको बिएण्डसी मेडिकल कलेजले एक दिन श’ ब राखेको शुल्क साढे २२ हजार रुपैयाँ लिने गरेको भेटिएको हो ।
पछिल्लो समय उनी बैंक तथा वित्तीय संस्थाले उच्च ब्याज लिएको भन्दै विरोध गरिरहेका छन् भने बैंकको सावाँ ब्याज तिर्न नहुने भन्दै अभियान नै सञ्चालन गरिरहेका छन् । उनकै नेतृत्वमा पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ को नाममा अभियान सञ्चालन छन् ।
बैंकले सर्वसाधारणलाई लुटेको भन्ने प्रसाईंले नै सञ्चालन गरेको मेडिकल कलेजले एकदिन श’ व राखेको पनि यति धेरै रकम असुलिरहेका छन् ।प्राप्त प्रमाण हेर्दा बिएण्डसी अस्पतालले इमर्जेन्सी शुल्क ५ सय रुपैयाँ, दुई पटक इसीजी गरेको शुल्क १ हजार ८० रुपैयाँ र एक दिन शव राखेको २२ हजार ५ सय रुपैयाँ गरी कुल २४ हजार ८० रुपैयाँ लिने गरेको भेटिएको हो ।
यो पनि – माछापुच्छ्रे बैंकले लुलु एक्सचेन्ज बहराइनसँग व्यवसायिक सम्झौता गरेको छ । बैंकले बहराईनमा बैंदेशिक रोजगारीमा गएका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन थप सहज होस् भन्ने उद्देश्यका साथ लुलु एक्सचेन्ज बहराइनसँग व्यवसायिक सम्झौता गरेको हो ।
उक्त सम्झौतापत्रमा लुलु एक्सचेन्जको तर्फबाट महाप्रबन्धक एडिसन फर्नान्डेज तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले हस्ताक्षर गरेका हुन् ।सम्झौता पश्चात बहराईनमा बस्ने नेपालीहरुले लुलु एक्सचेन्जको १६ वटा काउन्टरबाट नेपालमा पठाएको रेमिट्यान्स
नेपालमा रहेका माछापुच्छ्रे बैंकका जुनसुकै शाखा तथा रेमिट्यान्स एजेन्टबाट सजिलै भुक्तानी लिन सकिनेछ ।बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै एभरेष्ट बैंकले २५ लाखको नेपाल प्रहरीले ‘एभरेष्ट बैंक अक्षय कोष’ को स्थापना गर्नेभएको छ ।बैंकले नेपाल पुलिस स्कुलहरुमा अध्ययन गर्ने उत्कृष्ट अंक प्राप्त गर्ने नेपाल प्रहरीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ उक्त कोष स्थापना गरेको हो ।
यसको लागि बैंकले नेपाल प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरिक्षक केदार ढकाल र बैंकका नायब महाप्रबन्धक केशव राज पौडेलले हस्ताक्षर गरेका छन् ।बैंकले १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० ब्त्ः सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल,
इन्टरनेट र एटिएम बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ ।यस्तै बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।