काठमाडौं उपत्यका नजिकै रहेको काभ्रे जिल्ला र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज बिहान ८ बजेर ४ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको काभ्रेका जिल्लाका स्थानीयले जानकारी दिएका छन् ।
स्थानीयका अनुसार ठूलै धक्का महसुस भएको थियो । भूकम्पको विस्तृत विवरण राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले हालसम्म दिएको छैन।