काठमाडौं । अभिनेता सविन श्रेष्ठसहित केही फिल्मकर्मीको पहलमा स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीलाई गोलढुंगाबाट उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । नेपाल स्नेही काख नामक संस्थाले उद्धार गरेर सोमबार बेलुका सातदोबाटोस्थित एक मानसिक अस्पतालमा उनीहरुलाई राखेको छ । उनीहरुलाई सोही संस्थाले आश्रय समेत दिने भएको छ ।
साथै, बिएस राणाको साथीले अनुहार नदेखाई गरे ४ लाख सहयोग गर्नुभएको छ । उहा साथी पनि राणा परिवारकै हुनुहुन्छ तर उहाले अनुहार नदेखाई ४ लाख सहयोग गर्नुभएको हो । बसन्ती, बलिदानजस्ता चर्चित फिल्मका अभिनेता बिएस राणाको निधनपछि उनकी हनी राणा र कान्छी छोरी आरतीमा मानसिक समस्या देखिएको थियो ।
श्रीमती डिप्रेसनबाट पीडित थिइन् भने छोरी सानैदेखि सुस्त मनस्थितिबाट ग्रस्त थिइन् । हातमुख जोर्न नै मुस्किल भएको उक्त परिवारको दयनीय अवस्थाबारे टिकटकबाट भिडियो सार्वजनिक भएपछि यसतर्फ फिल्मकर्मीले चासो दिएका थिए । राणाकी जेठी छोरी नन्दनीलाई पनि उपचार र व्यवस्थापनको जरुरी रहेको अभिनेता श्रेष्ठले जानकारी दिए ।
‘उपचार र आश्रय गर्नेगरी हाम्रो रोहवरमा उहाँहरुको उद्धार गरिएको छ,’ श्रेष्ठले भने, ‘उपचारका लागि हामीले रकम जुटाउँछौं र उहाँहरुलाई निको तुल्याउँछौं ।’ फिल्म निर्देशक सुरेशदर्पण पोखरेल र सविनले यसतर्फ पहल गरेका छन् । अन्य केही फिल्मकर्मीले पनि उपचार र व्यवस्थापनमा सहयोग गर्ने वचन दिएका छन् । अभिनेत्री सुरक्षा पन्तले पनि सघाउने वचन दिएकी छन् ।
अभिनेता श्रेष्ठले पछिल्लो समय सामाजिक कार्यमा पनि सक्रियता दर्शाएका छन् । चलचित्र कलाकार संघको आसन्न चुनावमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उनले कलाकारको हकहितलाई चुनावको प्रमुख एजेण्डा बनाएका छन् ।भिडियो