एजेन्सी
नाडीबाट शुरू भएर माथितर्फ जाने रेखालाई भाग्य रेखा भनिन्छ । यो रेखा अनामिकाको मुनि पुगेर सकिन्छ हस्तरेखामा भाग्य रेखा अत्यन्त महत्वपूर्ण मानिन्छ । यसबाट व्यक्तिको व्यापार, रोजगारीका साथै जीवनका सफलता एवम् असफलताबारे जान्न सकिन्छ भाग्य रेखा हत्केलामा स्पष्ट देखिने यो रेखा कतै नटुक्रिएको भए उत्तम मानिन्छ । यस्तो रेखाका भएका व्यक्तिको भाग्य अत्यन्त उज्ज्वल हुने मान्यता छ ।
साथै स्पष्ट एवम् गहिरो भाग्य रेखा भएका व्यक्ति कम परीश्रममा बढि सफलता पाउन सक्षम हुन्छन् । साथै सांसारिक सुखका साथै काममा दोब्बर फाइदा पाउन सक्छन् ।हस्त रेखा शास्त्रका अनुसार यदि भाग्य रेखा चोर औलातर्फ मोडिएको भए यस्ता व्यक्ति उच्च पद एवम् प्रतिष्ठा प्राप्त गर्न सफल हुन्छन् ।रोजगारीमा ठुलो सफलता हात लाग्नेछ । साथै समाजमा सम्मान समेत प्राप्त हुन्छ । यस्ता भाग्य रेखा भएका व्यक्ति पूजापाठ र आध्यात्ममा रुची राख्ने हुन्छन् ।
यदी भाग्य रेखा हत्केलामा बुढी औला र चोर औलाको बीचबाट निस्किएको रेखामा ठोक्किएर शनी पर्वतसम्म पुगेको भए व्यक्ति परिश्रमी, मेहनती र योग्यताका आधारमा सफल हुन संभावना रहन्छ ।यदी हत्केलामा भाग्य रेखा स्पष्ट हुनुका साथै शनी पर्वतसम्म र जीवन रेखा समेत घुमाउरो भए यस्ता व्यक्तिका साथमा धनको कहिल्यै कमी हुदैँन । यस प्रकारको ऐसी रेखा भएका व्यक्तिले यशपूर्ण जीवन व्यतित गर्दछन् ।
यसैगरी शास्त्रअनुसार शरीरमा हुने कोठीको पनि विभिन्न अर्थ हुन्छ । तपाइँले जति पैसा कमाए पनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा नटिक्ने समुद्र शास्त्रले बताउँछ । शास्त्रमा उल्लेख भएअनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक-फरक अर्थ राख्छ । कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा बचत नहुने सम्भावना अधिक रहन्छ।
कहाँ कोठी हुँदा पैसा टिक्दैन बायाँ गालामा कोठी हुनु खर्चालु हुने लक्षण हो । यस्ता ब्यक्तिको हातमा पैसा परे पनि खर्च भैहाल्छ । बचत गर्न सक्दैनन् ।तल्लो ओंठमा कोठी छ भने धनको कमी हुन्छ । तर उपल्लो ओंठमा कोठी भएका ब्यक्ति भने कामुक हुने समन्द्र शास्त्रमा उल्लेख छ बायाँ हत्केलामा कोठी हुनेहरु पनि खर्चालु हुन्छन् । यिनीहरुबाट पैसा बचत हुनु सम्भव छैन ।बायाँ खुट्टामा कोठी हुनु पनि पैसा नटिक्ने संकेत हो ।यस्ता ब्यक्तिले पैसा बचाउन नसक्ने शास्त्रमा उल्लेख छ ।चोरी औंलामा कोठी छ भने यस्ता ब्यक्तिले जीवनमा धन अभाव भोग्छन् ।
हत्केलामा वृहस्पति पर्वतमा कोठी छ भने यस्ता ब्यक्तिले पनि धन बचाउन सक्दैनन् । यिनीहरुलाई पैसा हात लागेपनि बचत हुँदैन ।बायाँ आँखि भौंमा कोठी भएका ब्यक्ति पनि खर्चालु हुन्छन् । उनीहरुले विलासितामा पैसा खर्च गर्ने समुन्द्र शास्त्रमा उल्लेख छ ।बायाँ आँखामा कोठी हुनु पनि रोगमा पैसा जाने संकेत हो । यस्ता ब्यक्तिको पैसा उपचारमा बढी खर्च हुन्छ ।