काठमाडौं :
अनुहारमा देखापर्ने दागले अनुहारको सुन्दरतामा ह्रास ल्याउँछ । प्राकृतिक रूपमा यस्ता दाग हटाउन यी उपाय उपयोगी हुन सक्छन् । अनुहारको दाग हटाई गोरो बनाउने ज्यादै सजिलो घरेलु तरिकाहरु:
अनुहारको चायापोतो हटाउने घरेलू उपाहरु:
१. कागतीको रस:
कागतिमा भिटामिन सी पाइने हुनाले यसको प्रुयोगले अनुहारको चायाँबाट मुक्ति पाउन सकिन्छ । कागतिको रसमा गहुको, पिठो ,बेसन मिसाई दिनहु अनुहारमा प्रयोग गरि एक घण्टा सम्म राख्ने त्यसपछि सफा पनि धुने, त्यस्तै गरि कागती र मह मिसाएर अनुहारमा लेपन गरिसके पछी करिब ३० मिनेट पछी सफा पानीले पखाल्नु पर्छ। नियमित प्रयोगले चायाँ आएको अनुहारमा सुधार हुन्छ ।
२. गोलभेडाको जुस:
गोलभेडामा पोटासियम,भिटामिन सी र लाइकोपिन पर्यप्ता मात्रमा हुन्छ । गोलभेडाको जुस लेपन गरिसके पछी करिब २० मिनेट पछी सफा पानीले पखाल्नु पर्छ।यसको प्रयोगले अनुहारको छालालाइ सफा गर्नुका साथै नियमित प्रयोगले चायाँ हटाउनमा मदत गर्दछ । घरेलू सामग्रीको प्रयोगले छालाको बाहिरि सतहमा भएको फोहोर हटाइ अनुहारको सुन्दरतालाई बढाउछ ।
चायाँ हटाउन सुर्यको किरणबाट बच्नु पर्दछ । घाममा निस्किदा सनस्क्रिन र लोसन लगाउनु उपयुक्त हुन्छ । त्यसैगरी पानी प्रशस्त पिउने,ताजा तरकारी,फलफुल खाने गर्नु अनुहारको छालाका लागी लाभदायक हुन्छ ।
३. चामलको पिठो,मुगको दाल ,दुध मिसाएर फेसप्याक बनाउने
यसको प्रयोगले कालो दाग,खटिरा साथै धुलो फोहोरबाट उत्पन्न हुने समस्याहरु पनि हटाउन मदत मिल्छ । यो जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ । साथै आलु र गाजरको पनि पेस्ट बनाएर फेसप्याक बनाउन सकिन्छ ।फेसप्याक अनुहारमा करिब ३५ मिनेट राख्नु पर्छ त्यसपछि मन तातो सफा पानीले धुनुपर्छ । यस्तो फेसप्याक नियमित प्रयोग गर्नाले अनुहार सफा र चम्किलो देखिन्छ ।
४. घिउकुमारीको रस:
घिउकुमारी सबै रोगको लागि उपयोगी हुन्छ । यसको रसलाइ चाया भएको ठाउमा लगाई करिब ४५ मिनेट राख्नु पर्छ । त्यसपछि सफा पानीले धुनु पर्छ । यसको नियमित प्रयोगले अनुहार सफा र नरम बनाउन सहयोग गर्दछ ।