काठमाडौं :
अष्ट्रेलियामा जाने नेपाली विद्यार्थीमध्ये ३० प्रतिशत ‘डिपेन्डेन्ट भिसा’ मा रहेको अनुमान छ । ‘डेपेन्डेन्ट भिसा’ अर्थात विद्यार्थी सपरिवार बसेका छन् । अष्ट्रेलियाको कानुनी परिभाषाअनुसार परिवारभित्र पति, पत्नी र छोराछोरी पर्छन् ।
अध्ययनमा गएका विवाहित नेपाली पुरुष या महिलाले पाउने अतिरिक्त सुविधा हो– ‘डेपेन्डेन्ट भिसा’ । एक वर्षभन्दा बढी समयका निम्ति ब्याचलर डिग्री, ब्याचलर अनर्स, मास्टर्स, मास्टर्स रिसर्च वा पीएचडी गर्न जाने विद्यार्थीले यो सुविधा पाउने गरेका छन् ।
परिवारसँगै रहेर शिक्षा र अन्य अवसर हात पार्ने मेसो यो प्रक्रियाले दिएको छ । विवाहित पत्नी होस् या पति जो पहिले अष्ट्रेलिया गएको छ या सँगै जान सक्छन् । अथवा पछि विवाह गरेर जान पनि सक्छन् ।
‘परिवारका सदस्य मात्रले विद्यार्थी सँगै वा पछि छुट्टै आवेदन दिन सक्छन् । ‘यदि कुनै विद्यार्थी एक वर्षभन्दा लामो समयको कोर्स पढ्न जाँदै छ भने आफ्नो परिवारबाट टाढा रहन नपरोस् भनेर दिइएको सहुलियत हो ।
भिसा प्रक्रियाको सुरुमै विभिन्न प्रमाणित कागजागतहरू पेश गर्नुपर्ने हुन्छ । जसमा विवाह दर्ता प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाहको फोटो, घरजग्गाको आधार, संयुक्त बैंक खाता,
विभिन्न चाडबाड सँगै मनाएको भिडियो, सीडी, भीसीडी, फोटो आदि पर्छन् । त्यसैगरी पति र पत्नीबीच हुने सम्बन्धजन्य फोन, इमेल, स्काइप, कुराकानी, विवाह वाषिर्कोत्सवको मितिजस्ता सम्बन्ध कायम रहेको प्रमाणहरू आवश्यक रहन्छ ।
सबै प्रमाण पुर्याएपछि डिपेन्डेन्ट व्यक्तिको भिसा प्रक्रिया सुरु हुन्छ । आफ्नो बालबच्चा रहेमा उसको समेत सबै कागजात रुजु हुनुपर्छ । भिसा शुल्क, स्वास्थ्य परीक्षण प्रमाणपत्र सबै जुटाउनुपर्नेछ ।
विद्यार्थीले मास्टर्स या त्योभन्दा माथिको कोर्स पढ्दै गरेको भएमा डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया गएका परिवारका सदस्यले पूर्णकालीन काम गर्न पाउँछन् । मास्टर्सभन्दा तल्लो तहको अध्ययन गरेको भएमा परिवारका सदस्यले सातामा २० घन्टाको दरले काम गर्न पाउँछन् ।
यसैगरी विद्यार्थीले सातामा २० घन्टा काम गर्न पाउँछन् । छुट्टीको समयमा पूरै काम गर्न पाउँछन् । श्रम कानुनअनुसार प्रत्येक कामदारले अष्ट्रेलियन १६ डलर पारिश्रमिक पाउँछन् । कामको प्रकृतिअनुसार त्योभन्दा बढी पनि आर्जन गर्न सक्छन् ।
अध्ययन भिसा नेपालबाट अष्ट्रेलियाको कलेज र युनिभर्सिटीमा भर्ना हुने प्रक्रिया हो । प्लस टु, स्नातक या मास्टर्स सकेको छ र थप अध्ययन गर्न जान चाहन्छ । भाषाको परीक्षा चार किसिमको मध्ये कुनै एक दिनुपर्छ । IELTS (इन्टरनेसनल इंग्लिस ल्याङ्वेज टेस्टिङ सिस्टम) पढेकै हुनुपर्छ ।
पढेको तहको सर्टिफिकेट, भाषाको रिजल्ट, अनुभव भएमा त्यसको सर्टिफिकेटसहित कलेज युनिभर्सिर्टीको आवेदन फाराम भरिन्छ । भाषा टेस्टको नियम भने कलेज युनिर्सिटी र
कोर्सपिच्छे स्कोर (प्राप्तांक) फरक फरक हुन सक्छ । यी सबै कागजातसहित आवेदन दिएपछि कलेज युनिभर्सिटीले या त स्वीकार गर्छ र अफर लेटर (अफर अफ अ प्लेस) पठाउँछ ।
विश्वविद्यालय छनोट, विषय स्पष्टता, विषयको गरिमा, समय अवधि, अष्ट्रेलियामा पढेको कुन कोर्स नेपालका निम्ति पनि काम लाग्छ अथवा त्यो विषयको विश्व बजार (स्कोप)
कस्तो छ भन्नेबारे जानकारी लिनैपर्छ । आफ्नो योग्यता, रुचि, चाहनाबारे प्रस्ट हुन जरुरी छ । त्यसनिम्ति परामर्श दातृ निकाय वा अनलाइनबाट जानकारी लिन सकिन्छ ।
अफर लेटर प्राप्त गरेपछि विद्यार्थी तथा अभिभावकले आर्थिक रूपमा अस्ट्रेलियामा विद्यार्थीले जान, आउन, पढ्न, खाना, बस्न लाग्ने सम्पूर्ण खर्च बेहोर्न सक्ने गरी नेपालको दुईमध्ये
कुनै एक बैंक (एसबीआई र नबिल बैंक) मा तीन महिनाअघिदेखि रकम जम्मा रहेको प्रमाण वा रकम नभएको खण्डमा तिनै दुई बैंकबाट शैक्षिक कर्जा लिएको प्रमाण पेश गर्नुपर्छ ।