पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन् । नाबालिक बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी आज फागुन १५ मै रिहा भएका हुन् । शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका हुन् ।
उनीहरुले खादा र माला लगाएर पलको स्वागत गरेका थिए । नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।
यससंगै गायक हेमन्त शर्माले अभिनेता पल शाहलाई प्रेमिल सुझावसहितको शुभकामना दिएका छन् । उनले लेखेका छन्- प्रिय भाई पल, बर्ष दिनको कष्टकर जिवनबाट मुक्ति पाएकोमा धेरै धेरै शुभकामना । तिम्ले गर्नुपर्ने थुप्रै काम छ यति बेला थाह छ तर पनि ति मध्ये यो एउटा कुरा पनि गर्न म जान्नि भएर सम्झाए है?
बिगतको घटनामा तिम्रो बिरूध्दमा जो जसरी लागेका भएता पनि “ति सबैलाई सहज जिवन यापन गर्न” तिम्ले एक फेर तिम्रा सबै प्रशंसक सँग सार्वजनिक अपिल हार्दिकता पुर्वक गरिदिनु भाई। यस्ले तिम्रो Real Hero को उपमालाई प्रमाणित गर्छ।रियल हिरो भनेकै “दियो” हो नि भाई जो आफु जलेरै पनि दुनियालाई उज्यालो दिन्छ।
तिम्रा कैंयौ Die Hard Fan हरूलाई केहि बेर यो कुरा ठिक लाग्दैन। “बर्ष दिनको जेलको त्यो कष्टकर बसाईको भर्पाई कल्ले गरिदिन्छ त?” भन्ने सबैलाई लाग्ला। तर पछि सामान्य लाग्छ। बैगुनीलाई गुनले मार्नु पनि पर्छ कैले काही ज़िन्दगीमा। यस्ले तिम्लाई महान बनाउछ। मलाई विश्वास छ तिम्ले गर्नेछौ।
अब केहि समय आमा र बैनी सँग लुटुपुटु भएर बसे। मिल्छ भने पुरानो घर दाङ गए केहि दिन। बाल्यकालका साथीहरू सँग भेटे काम थाल्नु अघि। कैयौं कुरा त यै साल भएका हाम्रो भेट हरूमा पनि भाकोछ । बॉकि कुरा पनि मजाले पुरानो “बिरगंजिया” दिन सम्झिदै गरौला कुनै दिन तिम्ले “ दाई कता हो ” भनेउ भने!