काठमाडौ। पोखरा- अभिनेता पल शाह रिहा भएका छन्। उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन्। तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेपनि उनी कारागार घेराबाट निस्केका छैनन्। पलका समर्थकहरुले कारागार बाहिर प्रतिक्षा गरिरहेका छन्।
नाबालिग ब लात्कार आ रोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए। आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया पुरा गरिएको हो। हजारौंको संख्यामा कारागार बाहिर समर्थकहरुको भीड छ।
तर यता गायिका समीक्षा अधिकारीले भने फेसबुक डिएक्टिभेट गरेकी छिन् उनको फेसबुक आइतबार साझदेखि डिएक्टिभेट भएको छ उनले पछिल्लो पटक एउटा फोटो पोस्ट गरेकी थिइन् त्यसपछि उनलाई उक्त पोस्टमा थुप्रैले विभिन्न खालका प्रतिक्रिया दिइरहेका थिए।
तर अपरान्हदेखि वर्षाको फेसबुक डिएक्टिभेट भएपछि मानिसहरुलाई यसबारे चासो भएको छ। आखिर उनले किन फेसबुक डिएक्टिभेट गरिन् त भनेर धेरैले आश्चर्य व्यक्त गरिरहेका छन्। उच्च अदालत पोखराले नाबालिग बलात्कार अभियोग लागेका पूर्णविक्रम शाह (पल शाह) लाई सफाइ दिएको छ। सफाइ पाएसँगै शाह भोलि जिल्ला कारागार तनहुँबाट रिहा हुने उनका कानुन व्यवसायी बरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए।
नाबालिग ब लात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेशविरूद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको पुनरावेदनमा आइतबार भएको बहसपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको हो।
नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले गत भदौ २० गते शाहलाई ब लात्कार अभियोगबाट सफाइ दिएको थियो। उक्त इजलासले शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कै द स जाय, २५ हजार जरिवाना र पी डितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो।
उक्त फैसलाका विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय र अभियुक्त शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए।उच्च अदालतका कायममुकायम मुख्यन्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा आइतबार बहस भएको थियो।
बहसमा नाबालिगका तर्फबाट उच्च सरकारी वकिल कार्यालयका उपन्याायधिवक्ता रामप्रसाद अधिकारीले बहस गरका थिए भने अभियुक्तका तर्फबाट बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, कृष्णबहादुर थापा, अधिवक्ता माधव घिमिरे, गणेशप्रसाद अधिकारी र जनकराज ढुङ्गानाले बहस गरेका थिए।
शाहले सुटिङका क्रममा ब लात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्। तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पी डित १७ वर्षीया नाबालिगले आफूमाथि ब लात्कार नभएको भन्दै बयान फेरेकी थिइन् ।ब लात्कार आ रोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको छ।
सहकारीमा बढ्दो गीधन्दा रोक्न छुट्टै सहकारी ब्यांक बनाएर सुपरिवेक्षण र नियमनको जिम्मा दिइनुपर्छ।