काठमाडौं :
अष्ट्रेलियामा बढ्दो बसाइ सराइ र जनसंख्या वृद्धिले गर्दा काम पाउन मुस्किल हुँदै गईरहेको छ ।माइग्रेन्ट एण्ड रिफ्युजी सेटलमेन्ट एजेन्सीका अनुसार विदेशी तथा शरणार्थीहरुलाई काम खोज्नको लागि सुरुमै सहायता दिनसक्यो भने काम पाउने सम्भावना प्रवल रहन्छ ।
यसको लागि राम्रो रिजुम ( सी.भी ) हुनु जरुरी छ । रिजुम बुझाईसकेपछि फोनवार्ता हुन सक्छ । जसको लागि बोल्ने तरिका र उत्तर दिने तरिकामा ध्यान दिनुपर्छ ।
सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको प्रत्यक्ष अन्तर्वार्ता हो । त्यसैले अन्तर्वार्ताको लागि विशेष तयारी गर्नुपर्छ ।राज्यहरुमा “जब एक्टिभ“ स्किम हुन्छ जसले जागिर खोज्ने र जागिर दिनेबीच भेट गराउँछ ।
जागिर पाउन सजिलोको लागि र रिक्त पदहरुको बारेमा थाहा पाउनको लागि आफूले धेरै भन्दा धेरै मानिसहरुसंग चिनजान तथा सम्बन्ध बढाउनुपर्छ ।विभिन्न संघसंस्थाहरुको कार्य र क्षेत्रका बारेमा जानकार हुनुपर्छ ।
आफ्नो समुदायमा सक्रिय रुपमा सहभागी भएर र कलेज तथा युनिभर्सिटीमा मित्रताको हात बढाएर सम्बन्ध विस्तार गर्नुपर्छ ।जानकारी आदान–प्रदान गर्ने बानी बसाल्नुपर्छ,जसले गर्दा कामको बारेमा पनि जानकारी मिल्छ ।