नवलपरासी । भोलि फागुन १५ गते मगर दिवसका दिन नवलपरासीको पहाडी क्षेत्रमा पर्ने गाउँपालिका बुलिङटारले सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाले आइतबार सूचना जारी गरेर सोमबार मगर दिवस परेकाले गाउँपालिकाभित्रका सबै विद्यालय तथा कार्यालय बन्द हुने जनाएको छ ।
सोमबार यहाँका सरकारी कार्यालय, शैक्षिक संघसंस्था र सार्वजनिक संस्थामा बिदा दिने निर्णय गरेका छौं, सूचनामा उल्लेख छ । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा ९४ प्रतिशत स्थानीय बासिन्दा मगर समुदायका छन् ।