एजेन्सी। बलिउडकी चर्चित र सफल नायिकाहरू मध्ये एक हुन्, आलिया भट्ट। अभिनयका कारण आफ्नो अलग्गै पहिचान बनाउन सफल उनको व्यक्तिगत जीवनले समेत चर्चामा ल्याउने गरेको छ। शारीरिक सुगठन र स्फूर्तिको मामिलामा पनि उनी धेरै अगाडी छिन्।
तीन महिना अघि आमा बनेकी आलियाको छाला सधैँ चम्किलो र मुलायम रहन्छ। आमा बन्ने क्रममा र पुरा गर्वास्थाको बेला उनले कसरी आफ्नो बिग्रिएको छालालाई संरक्षण गरिन् भन्ने जिज्ञासा धेरैमा छ। छालाको सुरक्षाको लागि उनले निकै महँगा र ब्रान्डेड ५ प्रकारको क्रिमको प्रयोग गर्ने गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
उनले आफ्नो अनुहार सफा राख्नका लागि सेटाफिल जेन्टल सकिन क्लेज्नरको प्रयोग गर्ने गरेकी छिन्। त्यसको बजार मूल्य भारु १०९६ रहेको छ। यो बाहेक उनी ब्योमा ब्रान्डको ब्यलेन्सिङ्ग मिस्ट प्रयोग गर्छिन्। यो मिस्टको मूल्य भारतीय रुपैयाँ १२ सय रहेको छ।
सिरम पनि आलियाको छालाको सौन्दर्यको अहम् हिस्सा बनेको छ। उनी र्होदे ब्रान्डको पेप्तिदे ग्लेजिंग फ्लुडको प्रयोग गर्ने गर्छिन्। यो एक प्रकारको जेल सिरम हो। यसको मूल्य स्थानीय बजारमा २ हजार ४ सय रुपैयाँ रहेको छ।
आफ्नो छालाको फ्लालेस बनाउनको लागि उनी मोस्चराइजिङ्गको पनि प्रयोग गर्ने गर्छिन्। आलियाले प्रयोग गर्ने मोस्चराइजिङ्ग ‘डी, यु इन माई डिफेन्स’ हो। यो भारतमा ३ हजार ५ सय रुपैयाँमा पाइन्छ।
छालाको हेरचाहमा सबैभन्दा महत्त्वपूर्ण स्थान हुन्छ प्रोटेक्सन क्रिमको। उनले फ्युजन वाटर आयल कन्ट्रोल एफपीएस ५० + फेसियल सन्सस्क्रिन नामको सनक्रिम प्रयोग गर्ने गरेको समाचारमा जनाइएको छ। यसको मूल्य भारु २ हजार ९९ रुपैयाँ रहेको छ। यदि तपाई पनि आलिया कै जस्तो चम्किलो छाला बनाउन चाहनुहुन्छ भने यी क्रिम तपाइको लागि पनि उपयोगी बन्न सक्छन्।