• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / संदेश टि.भी.
  • ८३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नाईका बेनिशा हमाललाई महिनावारी भएका बेला कसले के भन्यो यस्तो, सामाजिक सञ्जालमा तहल्का मच्चायो ! हेर्नुस् (भिडिओ)

  • संदेश पत्र
  • २०७९ फागुन १२, शुक्रबार (२ साल अघि)
  • फाईल तस्विर

    कलाकार बेनिशा हमाललाई आफ्नो पहिलो महिनावारी भएको दिन अझै याद छ। उनको मामाघर चितवनको गीतानगरमा हो। त्यो दिन मामाघरमा पूजा थियो। शौचालय गएका बेला बेनिशाले आफ्नो योनीबाट रगत आइरहेको देखिन्। उनी आत्तिइन्, डराइन्। हतारहतार हजुरआमालाई गएर सुनाइन्।

    ‘रगत आएको देखेपछि के भयो भनेर म डराएँ। हजुरआमालाई बोलाएर भनेँ,’ उनले त्यो समय सम्झिँदै भनिन्, ‘त्यसपछि हजुरआमाले तिमी महिनावारी भयौ, अब घाम हेर्नु हुँदैन, छुट्टै कोठामा बस्नुपर्छ भन्नुभएको थियो।’

    घरमा पूजा चलिरहेको र पहिलोपटक महिनावारी भएपछि बेनिशालाई सुरूमै त्यहाँबाट टाढा राख्ने काम भयो। उनलाई सात दिनसम्म घाम हेर्न नदिई लुकाइएको थियो। त्यति बेला उनी ११ वर्षकी थिइन्।
    ‘ट्वाइलेट जाँदा समेत घाम देखिएला भनेर ट्वाइलेटको व्यवस्था कोठाभित्रै गरिदिनुभएको थियो,’ उनले भनिन्।

    उनको परिवारमा महिनावारीमा छोइछाइ गर्नु हुँदैन, भान्सा र पूजाकोठामा जानु हुँदैन भन्ने जस्ता बार्ने कुराहरू एकदमै हाबी छ। यहीबीच हुर्केकी उनलाई अहिले पनि महिनावारी भएका बेला पूजाआजामा सहभागी हुन हिचकिचाहट हुन्छ। ‘१७ वर्षसम्म मलाई एउटै कुरा सिकाइएको थियो। म त्यही आस्थामा बसेँ र ममा पनि त्यो हाबी भएछ क्यार,’ उनले भनिन्।

    त्यसैले परिवारसँग बस्दा उनी सधैं महिनावारी बार्थिन्। अहिले उनी काठमाडौंमा बस्छिन्, बार्दिनन्। ‘पहिले प्याड-कपडा प्रयोग नहुने समयमा सरसफाइका हिसाबले महिनावारी हुँदा छुट्टै बस्न भनिएको होला। सायद सरसफाइका हिसाबले त्यो बेलाको आवश्यकता थियो,’ उनी भन्छिन्, ‘तर अहिले त्यो स्थिति छैन।’

    जतिजति उमरे बढ्दै गयो, उनलाई महिनावारीबारे जानकारी र ज्ञान हुँदै गयो। सही र गलत छुट्याउन सक्ने हुँदै गइन्। विश्वास र अन्धविश्वास के हो, समाजमा भइरहेका रित र कुरित के हुन्, कुन सही र कुन गलत हुन् भन्ने कुरा काठमाडौं आएसँगै शिक्षाका कारण छुट्याउन सक्ने भएको जस्तो उनलाई लाग्छ।

    बेनिशाले १४ वर्षको उमेरमा फूपाजुको मुखबाट छाउपडीबारे सुनेकी थिइन्। त्यति बेला यो कुनै दन्त्यकथा हो कि भन्ने उनलाई लाग्थ्यो। अहिले पनि महिलाहरू छाउगोठमा बसेको देख्दा उनलाई नराम्रो लाग्छ।

    उनको घरमा पनि अझै महिनावारी बारिन्छ। उनी आफू बार्दिनन्, आमालाई पनि सम्झाउँछिन्। मैले आमालाई आजको भोलि परिवर्तन हुनु भन्दा त अवश्य पनि मान्नु हुन्न,’ उनी भन्छिन्, ‘४५ वर्षदेखि मान्दै आएको कुरा उहाँले छोड्न पनि सक्नुभएको छैन। तर विस्तारै केही हदसम्म परिवर्तन हुँदै आउनुभएको छ। कतिपय कुरा लिनु पनि हुन्छ। विस्तारै सिकाउने काम गरिरहेकी छु।’

    उनी आफूपछिको पुस्ता वा आफ्नी छोरी भइन् भने उनीहरूसँग महिनावारीबारे खुलस्त कुरा गर्ने बताउँछिन्। महिनावारीलाई प्राकृतिक र सामान्य विषयका रूपमा स्वीकार गर्न सिकाउने उनले बताइन्। उनले त घरबाट महिनावारीबारे कुनै पनि जानकारी पाएकी थिइनन्। सानैमा यसबारे खुलस्त कुराकानी र जानकारी हुँदा सहज बन्दै जाने उनलाई लाग्छ। ‘घरमा आमा महिनावारी भएको थाहा हुन्थ्यो। शरीरबाट चार-पाँच दिन रगत आउँछ भनेर थाहा थियो,’ उनी भन्छिन्, ‘यसबाहेक अरू केही जानकारी थिएन।’

    स्कुले शिक्षामा पनि पछिका कक्षामा मात्र स्वास्थ्य शिक्षा पढाइ हुने भएकाले किशोर-किशोरीका समस्याबारे जानकारी नहुने उनी बताउँछिन्। किशोरकिशोरी हुनुअगाडिकै कक्षामा यो अवस्थाबारे पढाइ हुने र जानकारी दिने हो भने त्यसका लागि मानसिक रूपमा तयार भइने उनको बुझाइ छ। यसरी तयार हुँदा शरीरमा आएको परिवर्तनलाई किशोरकिशोरीले सामान्य रूपमा लिने क्षमता बढ्छ।

    ‘महिनावारी शरीरमा हुने प्राकृतिक प्रक्रिया हो। एक महिला किशोरावस्थामा प्रवेश गरेको सूचक पनि हो। त्यसैले यसलाई शारीरिक रूपमै सीमित राख्नुपर्छ, धार्मिक आस्थामा जोडेर हेर्नु हुँदैन,’ उनले भनिन्। बेनिशाले फिल्म सुटिङका क्रममा पनि महिनावारीका कठिनाइ भोगेकी छन्।

    सधैं प्याड बोकेर हिँडिएको हुँदैन। सुटिङ क्रममै महिनावारी भए पहिलेपहिले प्याड चाहियो भनेर उनी पुरूष सहकर्मी वा सेटमा भएका पुरूषसँग भन्न सक्दिन थिइन्। महिला नै खोज्थिन्। उनका अनुसार अझ पहिले त सुटिङमै पनि केही मान्छे धेरै अन्धविश्वासी कुरा गर्थे।

    ‘महिनावारी भएका बेला क्यामरा समेत छुन हुँदैन भन्थे। पानी परेर वा अरू कुनै कारणले सुटिङ रोकियो भने मान्छेहरू आज कसैले महिनावारी भएर क्यामरा छोयो कि क्या हो सम्म भन्थे।’

    अहिले समय फेरिएको छ। यस्ता कुराहरू अचेल हुँदैनन्। उनी आफैं पनि हिचकिचाहटबिना पुरूषहरूसँग महिनावारीबारे कुरा गर्छिन्। गाह्रो परेका बेलामा पुरूष साथीसँग सहयोग माग्छिन्। उनीहरूले पनि सहजै सहयोग गर्छन्।

    बेनिशालाई महिनावारी हुनुअगाडि मुडस्विङ (मुड बदलिरहने) हुन्छ। उनी त्यसलाई नियन्त्रण गर्न खोज्छिन् तर सक्दिनन्। मुडस्विङ भएका बेला जीवनमा सबै राम्रैराम्रो छ भने पनि उनलाई रून मन लाग्छ। मुडस्विङकै कारण काममा पनि उनलाई कठिनाइ हुन्छ। त्यस्तै सुरूका दिनमा शारीरिक रूपमा पनि गाह्रो हुन्छ। तर सुटिङ महत्वपूर्ण भएकाले एक दिन पनि आफ्नो कारणले नरोकियोस् भन्ने उनलाई लाग्छ।

    ‘महिनावारी हुँदा गाह्रो भए पनि जाने गरेकी छु,’ उनी भन्छिन्, ‘सुटिङमा धेरै मान्छेले काम गरिरहेका हुन्छन्। पैसा पनि खर्च भएको हुन्छ। त्यसैले म एक जनाको कारणले रोक्न चाहन्नँ।’ महिनावारीको मुश्किल भएका बेला उनी कार्यक्रमहरू भने छुटाउँछिन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    यस्तो छ रेखा थापाको फिल्म ‘उपहार’को पहिलो गीत

    भाइरल सिम्रनलाई प्रमोदको सुझाव – म्युजिक क्लास ज्वाइन गर्नु, पढाइ बिगार्दै नबिगार्नु

    छोटो समयमै चर्चा धेरै, ‘उजेली जुनेली’ मा चेलीको वैदेशिक पीडा

    साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution