• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / संदेश टि.भी.
  • ५३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • शान्ता र चन्द्रकलाको आग्रहपछि सिधाकुराको प्रयास, दुवै चेली फर्किए स्वदेश (भिडियो)

  • संदेश पत्र
  • २०७९ फागुन १२, शुक्रबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ । ६ महिना विदेशी भूमिमा बगाएको श्रमको ज्याला नपाउँदा के होला ? एकातिर श्रमशोषण अर्कोतिर रोजगारदाताको कुटपिटमा पर्दा झनै कस्तो होला ? नवलपुर, गैडाकोटकी शान्ता पाण्डेले यस्तै नियती भोग्नु पर्यो । शान्ताका बाबु मंगल प्रसादले छोरीको उद्धारका लागि ‘सिधाकुरा जनतासँग’सँग याचना गरेका थिए । यी सबै दुखः कष्ट भोगेर शान्ता कुवेतबाट नेपाल फर्किएकी छिन् ।

    त्यस्तै बाँकेकी चन्द्रकला बुढाथोकीको पनि कुवेतबाट उद्दार भएको छ । उनका पति रोजगारीकै लागि साउदीमा छन् । आमा पनि विदेशमा बिचल्लीमा परेपछि चन्द्रकलाका छोराहरुले आमाको उद्दार गर्न हामीलाई भिडियो सन्देश नै पठाएका थिए । शान्ता र चन्द्रकलालाई दुबैलाई दलालले दुबई पुर्याउने भन्दै झुक्याएर कुवेत पुर्याएको थियो ।

    घरेलु कामदारका रुपमा कुवेत पुर्याइएकी नवलपुर गैडाकोटकी शान्ता पाण्डे र बाँके राप्ती सोनारी गाउँपालिकाकी चन्द्रकला बुढाथोकीको उद्दार भएको छ ।

    कार्यक्रम सिधा कुरा जनतासँगको पहलमा र विदेशमा बिचल्लीमा परेकाहरुको उद्दारमा सहयोग पुर्याउने अभियान्ताहरुसँगको सहकार्यमा यी दुबै नेपाली चेलीहरुको उद्दार सफल भएको हो । उद्दार भएपछि नवलपुरकी शान्ता मंगलबार र बाँकेकी चन्द्रकला बुधबार नेपाल आइपुगेका छन् ।

    नवलपुरकी शान्ता पाण्डेलाई एजेण्ट रवि विकले ६ महिना अघि कुवेतको जहारा पुर्याएका थिए । तर शान्ता कुवेतमा रोजगारदाताबाट यातना पाउन थालेपछि कार्यक्रमको ९६६ औँ श्रृखंलामा उनका बूवा मंगल प्रसाद ढुंगानाले आफ्नी छोरीको उद्दारका लागि कार्यक्रमको लाइभमै आग्रह गरेका थिए । हामीले पनि शान्ताका बुवालाई उनकी छोरीलाई उद्दार गरि सकुशल नेपाल ल्याउने बाचा गरेका थियौँ ।

    यो ६ महिनाको अवधीमा शान्तालाई कम्तीमा १० वटा घरमा काम गर्न लगाइयो । तर, ति घरबाट उनलाई कुनै पारिश्रमिक दिइएन । अथार्त यो ६ महिना उनले विना तलब काम गरिन् । एक महिना पुग्नै लाग्दा तलब बुझ्ने समयमा कामबाट छुटाउने र फेरी अर्को घरमा काममा लगाउने गरेको गुनासो शान्ताको छ ।

    त्यस्तै बाँकेकी चन्द्रकला बुढाथोकीलाई पनि एजेण्ट रवि विकले नै घरेलु कामदारका रुपमा कुवेत पुर्याएका थिए । तर त्यहाँ चन्द्रकलाले आफ्नै रोजगारदाताबाट यातना भोग्न थालेपछि उनका दुई छोराहरुले आमाको उद्दारका लागि याचना गर्दै हामीलाई भिडियो सन्देश पठाएका थिए । त्यसपछि कार्यक्रमको ९६६ औँ श्रृखंलामा नै चन्द्रकलाका विषयमा रिपोर्ट नै प्रशारण गरेका थियौँ ।

    चन्द्रकला उद्दारपछि नेपाल फर्किएकी छिन् । आफ्नी आमा आउने बाटो कुरेर बसेका छोराहरुले अब छिट्टै आमालाई भेट्न पाउने भएका छन् ।

    कुवेतमा धमाधम बेचिँदै नेपाली चेली

    दलालले चन्द्रकला र शान्तालाई दुबई पु¥याउने भन्दै झुक्याएर कुवेत पु¥याएको फेला परेको छ । एजेण्ट रवि विक र सरिता राउतले घरेलु कामदारका रुपमा उनीहरुलाई भिजिट भिसामा दुबई पु¥याउने बताएका थिए । तर दुबई भनेर कुवेतमा लगेर बेचिदिए । आफुलाई कुवेत पुर्याउन लागेको कुरा पीडितहरुले उड्ने दिन एयरपोर्ट पुगेपछि मात्रै थाहा पाए । दलालले उनीहरुको हातमा दुबई र कुवेतको टिकट थमाइदिएका थिए । तर, एयरपोर्टमा दुबईको टिकट च्यातेर फ्याक्नु कुवेत चाही देखाउनु भनेको थियो ।

    एजेण्ट रवि विक र सरिता राउतले घरेलु कामदारको रुपमा सरकारले श्रमस्विकृति नै नदिएको मुलुकमा नेपाली कामदार पठाएर गैरकानूनी धन्दा गर्दै आएका छन् ।

    रवि र सरिताले आर्कषक तलब सुविधाको प्रलोभनमा पारेर गैरकानुनी रुपमा कुवेतमा पु¥याएका कयौँ नेपाली चेलीहरु रोजगारदाताबाट चरम शोषण र यातनामा परेको पीडितहरु बताउछन् । उनीहरुले आफ्नो उद्दारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

    शान्ता र चन्द्रकला त विदेशी भूमिमा दुखः भोगेर जसोतसो नेपाल फर्किए । तर, उनीहरु जस्ता कयौँ नेपाली चेलीहरुलाई दलालहरुले दिनानूदिन श्रम स्विकृति नै नभएको मूलुकमा बेचिरहेका छन् । तर, स्वदेशमा रोजगारीको सिर्जना गर्न पनि नसक्ने र आफ्ना नागरिकलाई विदेश नजाउ भन्न सरकार भने मात्रै मुकदर्शक बनेर बसेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    यस्तो छ रेखा थापाको फिल्म ‘उपहार’को पहिलो गीत

    भाइरल सिम्रनलाई प्रमोदको सुझाव – म्युजिक क्लास ज्वाइन गर्नु, पढाइ बिगार्दै नबिगार्नु

    छोटो समयमै चर्चा धेरै, ‘उजेली जुनेली’ मा चेलीको वैदेशिक पीडा

    साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution