काठमाडौं । सरकारले भोलि फागुन ९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सरकारले शेर्पा समुदायको ग्याल्बो ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । एक महिनासम्म मनाइने ल्होसारको भोली पहिलो दिन रहेको छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ ।