राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने घोषणा गरेका छन् । उनले पार्टीको बैठकले आज ठोस निर्णय लिने, र त्यस लगत्तै पार्टी कार्यालय बाट आज विषेश पत्रकार सम्मेलन गर्ने जानकारी दिएका हुन्।
उनले भनेका छन् ‘म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।’
लामिछानेले आफुलाई पुन: गृह मन्त्री नियुक्त गर्न माग गर्दै आएका थिए । नागरिकता र राहदानीको मुद्दाको टुंगो नलागी पुन: गृह मन्त्री नियुक्त गर्न नसकिने जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गराएपछि लामिछानेले सरकार छाड्ने चेतावनी दिएका थिए । गत बिहिबार पार्टीले सरकार छाड्ने कि नछाड्ने भन्ने निर्णय गर्न केन्द्रिय कमिटि र संसदीय दलको बैठक डाकेको थियो ।
यस बारे निर्णय गर्न प्रधानमन्त्रीले थप २ दिन समय मागेकोले सो बैठकले थप २ दिनको समय पर्खने निर्णय गरेको थियो । उक्त २ दिनको समय हिजो शनिवार साँझ नै सकिएको छ । तर लामिछानेले गृह मन्त्रालय पाएका छैनन् ।
आज पनि पार्टीको बैठक बस्दै छ । बैठकले आज ठोस निर्णय लिने सभापति लामिछानेले बताएका छन् । त्यस लगत्तै आफुले विशेष पत्रकार सम्मेलन गर्ने उनले बताएका हुन्।