मंगलबार संघीय संसद भवन अगाडि आत्मदाहको प्रयास गर्ने प्रेम आचार्यको निधन भएको छ । स्वास्थ्य राज्यमन्त्री डा. तोसीमा कार्कीले उनको उपचारमा कुनै कसर बाँकी नराख्न हिजो मंगलबार अस्पतालमा भेटेर चिकित्सकलाई निर्देशन दिएकी थिइन् । आत्मदाहको प्रयासले आचार्यको शरीरको करिब ८० प्रतिशत भाग जलेको थियो ।
अस्पतालका चिकित्सक डा. किरण नकर्मीका अनुसार शरीर जलेर गम्भीर अवस्थामा आचार्यलाई अस्पताल ल्याइएकाले उनको अवस्थामा सुधार हुन सकेन । आचार्यलाई उपचारका लागि कीर्तिपुरस्थित रहेको बर्न अस्पतालमा राखिएको थियो । डा. नकर्मीका अनुसार आज विहान करिब ५ बजे उनको निधन भएको हो ।