काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १२९ रुपैयाँ ५० पैसा र विक्री मूल्य १३० रुपैयाँ १० पैसा तोकिएको छ।
यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४० रुपैयाँ ६० पैसा र विक्री दर १४१ रुपैयाँ २५ पैसा कायम रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदर ९० रुपैयाँ २२ पैसा र बिक्रीमा ९० रुपैयाँ ६४ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९७ रुपैयाँ २३ पैसा, सिंगापुरे डलर एकको खरिददर ९८ रुपैयाँ १५ पैसा र विक्री दर ९८ रुपैयाँ ६१ पैसा रहेको छ।
जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ९९ पैसा र विक्रीमा १० रुपैयाँ ०४ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा रहेको छ।
यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ४८ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५२ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।