नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले आज ‘ब्ल्याक बक्स’ भेटिएको बताए। ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्त्वपूर्ण मानिन्छ। ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइस रेकर्ड’ हुन्छ।
प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ। त्यसलाई आजै काठमाडौं ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणले जनाएको छ।
माघ १ गते बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको “९एन–एएनसी’ विमान पोखरामा दुर्घटना भएको थियो। दुर्घटनामा मृत्यु भएका ६८ जनाको शव भेटिएको यती एअरलाइन्सले जनाएको छ।
हराइरहेका तीन जनाको खोजी भइरहेको छ। विमानमा चार जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए।