काठमाडौं। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेले पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका छन्।
नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गरी पौडेलको ज्यान गएको जनाएको हो।
उनी काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका हुन्।
माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका पौडेल यसअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक थिए। प्रेस सेन्टरको पदाधिकारी वैठकका लागि उनी काठमाडौं आएका थिए।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसित भेट्ने कार्यक्रमसमेत रहेकोमा प्रधानमन्त्री योगा दिवसको कार्यक्रममा व्यस्त भएपछि भेट्न नपाएको बुझिएको छ।
करिब ४ वर्षअघि विवाहित पौडेलका एक छोरा रहेका छन्। पोखराको फुलबारीमा बस्दै आएका उनी पोखरा हटलाइन दैनिकका सम्पादक छन्।
विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए। हालसम्म ६८ शव निकालिएको छ
पत्रकार महासंघले पौडेलको निधनप्रति दु:ख व्यक्त गरेको छ।