काठमाडौं । नाबालिग बलात्कारको आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन्।
सन्दीपका दाजुले आज नगद धरौटी २० लाख बुझाएपछि उनलाई केन्द्रीय कारागार, सुन्धाराबाट निकालिएको छ।
बिहिबार उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। यसरी धरौटीमा छाड्दा अदालतले ५ वटा सर्त राखेको छ। ती सर्त उलंघन भएको अवस्थामा फेरि उनी कारागार तानिनसक्ने छन्।