• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ माघ २०, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनागृहमन्त्रीराशिफलपल शाहप्रचण्डतोसिमा कार्की
  • किन आइन सन्नी लियोनी नेपालमा ?

    ४ दिन अघि

    निहारिकाले जिल्ला अदालतमा दिइन् ‘श्रीमान्’विरुद्ध अंश मुद्दा

    ४ दिन अघि

    अष्ट्रेलियामा यी नेपाली युवतीले गरिन यस्तो काम जसले गर्दा पक्राउ परिन

    ४ दिन अघि

    माघ १४ गते शनिवारको राशिफल

    ६ दिन अघि

    “सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो” – दीपक राज गिरी

    १ हफ्ता अघि

    रवि लामिछाने दुई दिनमै मन्त्री बन्ने पक्का

    १ हफ्ता अघि

    म कुनै देशको नागरिक रहिन, फैसलालाई स्वीकार गर्छु: रवि लामिछाने

    १ हफ्ता अघि

    रवि लामिछानेको सांसद पद खारेज, गुमाए उपप्रधान एवं गृहमन्त्री पद पनि

    १ हफ्ता अघि

    अनमोल केसी स्टारर ‘छड्के–२’ को टिजर सार्वजनिक

    १ हफ्ता अघि

    आत्मदाह गरेका प्रेम प्रसादको परिवारले बीमा बापतको ५० लाख पाउने

    १ हफ्ता अघि
FLASH NEWS
  • १किन आइन सन्नी लियोनी नेपालमा ?
  • २निहारिकाले जिल्ला अदालतमा दिइन् ‘श्रीमान्’विरुद्ध अंश मुद्दा
  • ३अष्ट्रेलियामा यी नेपाली युवतीले गरिन यस्तो काम जसले गर्दा पक्राउ परिन
  • ४माघ १४ गते शनिवारको राशिफल
  • ५“सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो” – दीपक राज गिरी
  • ६रवि लामिछाने दुई दिनमै मन्त्री बन्ने पक्का
  • ७म कुनै देशको नागरिक रहिन, फैसलालाई स्वीकार गर्छु: रवि लामिछाने
  • ८रवि लामिछानेको सांसद पद खारेज, गुमाए उपप्रधान एवं गृहमन्त्री पद पनि
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०७९ माघ २०, शुक्रबार
in
होमपेज / अपराध
  • ८४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पाँचखालमा ३८ लाखको पटके करको टेन्डर कार्यान्वयनमा समस्या स्थानीयले गरे नगर र नगरको प्रतिनिधिहरुको बिरोध

  • संदेश पत्र
  • २०७९ पौष १९, मंगलबार (१ महिना अघि)
  • फाईल तस्विर

    काभ्रे । पाँचखाल नगरपालिकाले आफ्नो आन्तरिक स्रोत व्यवस्थापनको लागि सडक उपयोग गर्ने सवारी साधनहरूको लागि पटके करको व्यवस्था गरी कर संकलन कार्यको थालनी गर्दा स्थानीयले विरोध जनाएका छन् ।

    विगत बर्षहरु बाट संकलन गर्दै आएको उक्त व्यवस्थालाई यस वर्षपनि निरन्तरता दिने निर्णय अनुसार टेन्डर भएको हो । टेन्डर हाल्ने क्रममा स्थानीय मिलन श्रेष्ठको नाउमा भ्याट बाहेक ३८ लाखको टेन्डर परेको थियो ।

    https://sandeshpatra.com/wp-content/uploads/2023/01/1.mp4

    टेन्डरको सम्झौता भई पटके सवारी कर संकलन गर्ने कार्यको सुरुवातीबाटै स्थानीयले विरोध गरेका थिए । विरोधका बावजुद पनि कर सञ्कलन गर्ने कार्यलाई निरन्तरता दिदै आउने क्रममा जनप्रतिनिधिहरूको उपस्थितिमा कर संकलन कार्य रोक्ने भन्ने मौखिक निर्णय पुस ३ गते भयो ।

    https://sandeshpatra.com/wp-content/uploads/2023/01/10000000_5741348189252476_2846293258984381804_n.mp4

    नगरका मेयर महेश खरेल‚ उपमेयर सुर्य माया दनुवार‚ प्रमुख प्रशासकीय अधिकृत दिनेश प्रसाद थानी‚ इन्जिनियर कपिल देव भट्ट साथै वडा अध्यक्षहरू‚ राजश्व प्रमुख पुष्प माया दनुवार समेतको उपस्थितिमा छलफल भई कर संकलन कार्यलाई रोक्ने मौखिक निर्णय भएको कर सङ्कलनको जिम्मा पाएका ठेकेदार मिलन श्रेष्ठले जानकारी गराउनु भयो ।

    ठेकेदार श्रेष्ठका अनुसार पुष ३ गतेको मौखिक निर्णय अनुसार पुष ४ गतेबाट सवारी पटके कर उठाउने कार्य रोकियो । पुष १८ गते नगरको तफर्बाट कर उठाउने कार्यलाई निरन्तरता दिनु भन्ने जानकारी अनुसार १९ गतेबाट कर उठाउने कार्यलाई निरन्तरता दिँदा स्थानीयले विरोध गर्दै सडकमा सवारी साधन तेर्साएर सडक अवरोध गर्ने कार्य भयो ।

    https://sandeshpatra.com/wp-content/uploads/2023/01/2.mp4

    सडक अवरोध गर्दै स्थानीयले नगरपालिकाको तफर्बाट राजश्व सङ्कलनको नाउमा दादागिरी गरेको भन्दै विरोध गरेका छन् । नगरको प्रमुख आम्दानीको स्रोत व्यवसाय करमा ध्यान दिन नसक्ने नगरले सवारी साधनमा कर लगाएर स्थानीयको घाँटी निमोठ्ने कार्य गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

    https://sandeshpatra.com/wp-content/uploads/2023/01/3.mp4

    सवारी करको विषयमा छलफलको लागि निकै प्रयास गर्दापनि मेयर महेश खरेल र प्रमुख प्रशासकीय अधिकृत दिनेश प्रसाद थानी सम्पर्कमै नआउने मात्रै नभएर कार्यालयमा समेत नियमित उपस्थित नभएको गुनासो गरे । स्थानीयले सवारी करको विषयमा भनेका छन्‌—“ढोकाबाट निस्कनासाथ कर पाँचखाल नगरपालिकाको राणा शासन ज्यादती कहिलेसम्म सहने ?”

    यसैगरी ठेकेदार आफ्नो सामाजिक सञ्जातबाट यसरी दुखेसो पोखेका छन्‌—नबोलम बोल्नै पर्ने छ । बोले प्रतिसोध होला नबोले आफै बिग्रने देखेको छु । तर बोले लेखे अन्तिम उपाय ।आज बिहान ७ बजे देखि बेलुका ४:३० सम्मको समस्या नै समस्या । भिडियो माफर्त सार्वजनिक गरेको छु ।

    यो ठेक्का कुनै पनि हिसाबमा नगरवासीको हितमा नरहेको स्थानीयले बोल्दै विरोध जनाउदै गरेको आज सम्म आउँदा १०५ दिन हुदै छ । तर यहा हरेक दिन बाटोमा कर संकलन गर्न खोज्दा हरेक दिन बिबाद मात्र हुने र उक्त दिन कर पूर्ण रुपमा सुन्य रूपले संकलन हुँदै आएको छ । तर यस कर संकलन गराउने जिम्मा लिने निकाय मौन छ । ठेकदार पक्षलाई ठेक्का सञ्चालन गर्ने दिने कुनै पनि बातावरन नदिएको प्रमाण सहित भिडियो पोष्ट गरेको छु ।

    यो ठेक्का सञ्चालनको आदेश अनुसार कार्य गरिरहँदा पनि पुष महिनामा ३ गतेको दिन देखि आज सम्म शून्य कर संकलन भएको यस नगर पक्षलाई अवगत नै छ तर पनि प्रसासनीक सहयोगबाट कर संकलन गराउन अग्रसर छन् । ठेक्का खोल्नु मात्र वहाँहरूको उद्देश्य देखियो कार्यान्वयन गर्न सक्षम देखिएन । आज बिहान देखि सुरु भएको यो घटना अहिले सम्म पनि उस्तै छ । तर स्थानीयले यहि कर नतिर्ने भन्दै बाटो बन्दै गरेर गाडी तेर्साएको स्थानमा कयौं पल्ट फोन गर्दा पनि नगरको प्रतिनिधित्व गर्ने एक जना कर्मचारी पनि उपस्थित नहुनु विडम्बना । उपस्थितको कुरै मात्र होइन फोन पनि सो समयमा अफ गरेको त्यो घटनाले जिम्मेवारीमा बसेका ब्यक्तिहरूको विश्वासमा कसरी कर सङ्कलनमा पूर्ण बन्द पछि सञ्चालनको गर्छ भनेर लागेको हु म आफै अच्चमित छु । साथीहरू म आजको दिन ४ वटा ठेक्का सञ्चालन सडकमा बाटो खोल्न र कुरा मिलाउन हिडि रहँदा ५ बजेको पनि याद रहेन ।

    त्यसैगरी सवारी सञ्चालक पक्षको गुनासो उस्तै छ‚ उहाँहरूको तर्क यस्तो छ— स्थानीय सवारी साधनहरू खाली खाली सडकमा पटक पटक ओहोर दोहोरो गर्नुपर्ने हुन्छ‚ हाम्रो भनाई खाली गाडीको दिनमा एकपटक कर उठाइयोस्‚ टिप हुँदा पटकै पिच्छे तिर्छौ । पाँचखालको चार स्थानमा कर उठाइन्छ‚ एकठाउँमा कर बुझायो अर्को ठाउमा पुन लिने गर्दा एउटै टिपमा कति ठाउँ तिर्ने ? केही सवारी धनीहरूको तर्क फरक रहेको छ‚ सवारी साधनको कर कतितिर तिर्ने ? नगरमा तिरेको करको सदुपयोग भएको छ र ? त्यसैले गर्दा हामी दोहोरो कर तिर्ने पक्षमा छैनौ । हामीले स्थानीय तहमा सवारी पटके कर तिर्नुपर्छ भने राज्यले लिने कर मिनाहा हुनु पर्छ । यो समाचार हामीले नवसंकेत अनलाइनबाट साभार गरिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ५%१%१%२%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    निहारिकाले जिल्ला अदालतमा दिइन् ‘श्रीमान्’विरुद्ध अंश मुद्दा

    “सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो” – दीपक राज गिरी

    रवि लामिछाने दुई दिनमै मन्त्री बन्ने पक्का

    म कुनै देशको नागरिक रहिन, फैसलालाई स्वीकार गर्छु: रवि लामिछाने

    ताजा समाचार
    १

    किन आइन सन्नी लियोनी नेपालमा ?

    २

    निहारिकाले जिल्ला अदालतमा दिइन् ‘श्रीमान्’विरुद्ध अंश मुद्दा

    ३

    अष्ट्रेलियामा यी नेपाली युवतीले गरिन यस्तो काम जसले गर्दा पक्राउ परिन

    ४

    माघ १४ गते शनिवारको राशिफल

    ५

    “सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो” – दीपक राज गिरी

    ६

    रवि लामिछाने दुई दिनमै मन्त्री बन्ने पक्का

    ७

    म कुनै देशको नागरिक रहिन, फैसलालाई स्वीकार गर्छु: रवि लामिछाने

    ८

    रवि लामिछानेको सांसद पद खारेज, गुमाए उपप्रधान एवं गृहमन्त्री पद पनि

    ९

    अनमोल केसी स्टारर ‘छड्के–२’ को टिजर सार्वजनिक

    १०

    आत्मदाह गरेका प्रेम प्रसादको परिवारले बीमा बापतको ५० लाख पाउने

    समाचार
    थप

    “सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो” – दीपक राज गिरी

    रवि लामिछाने दुई दिनमै मन्त्री बन्ने पक्का

    म कुनै देशको नागरिक रहिन, फैसलालाई स्वीकार गर्छु: रवि लामिछाने

    रवि लामिछानेको सांसद पद खारेज, गुमाए उपप्रधान एवं गृहमन्त्री पद पनि

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै

    पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution