प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयबाटै सुधार चाहेका छन्। प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेपछि पहिलो निर्णय गर्दै प्रचण्डले प्रधानमन्त्री कार्यालयबाटै सुधार चाहेका हुन्।
पहिलो निर्णयमा प्रधानमन्त्री कार्यालयको सुदृढीकरण गर्ने प्रतिबद्धता जनाइएको छ।
पहिलो निर्णयमा भनिएको छ,
‘सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सुदृढीकरणका लागि रणनीतिक अध्ययन गर्ने।’
यसबाट उनले पहिलो सुधार प्रधानमन्त्री कार्यालयबाटै सुरु गर्न र त्यसलाई शक्तिशाली बनाउन चाहेको देखिन्छ। कार्यालयका प्रवक्ता महादेव पन्थका अनुसार यो सैद्धान्तिक निर्णय हो।
अध्ययन के र कसरी गर्ने तथा त्यसको समयसीमाबारे कार्यालयले नै निर्णय गरेर अघि बढ्नेछ।