नेपाली लोक तथा दोहोरीका चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीको सम्बन्ध विच्छेद भएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालत पुगेर जेरी र शंकरले औपचारिकरुपमा सम्बन्ध विच्छेद गरेका हुन् ।
सम्बन्ध विच्छेदका लागि शंकरले केही दिन अघि जिल्ला अदालतमा निवेदन दिएका थिए । जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । उनीहरुको एक छोरी छिन् । उनको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति गरिएको छ ।