काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलााई जिल्ला अदालत काठमाडौंले दोस्रोपटक ५ दिन थुनामा राख्न अनुमति दिएको छ।
जिल्ला अदालतको आदेशपछि अब थप ५ दिन उनीमाथि अनुसन्धान हुने प्रहरीले जनाएको छ।
यसअघि पहिलोपटक २० गतेबाट गणना हुने गरि ७ दिनका लागि म्याद थप भएको थियो। अनुसन्धानको लागि लिइएको म्याद आज सकिएको थियो।