काठमाडौं- दसैँपछिको पहिलो कारोबार दिन आइतबार सुन तथा चाँदीको मूल्य उल्लेख्य रुपमा वृद्धि भएको छ।
१४ गते शुक्रबार छापावाल सुन ९३ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। २३ गते आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ बढेर ९६ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य १४ गते शुक्रबार ११ सय ७० रुपैयाँ थियो। आइतबार प्रतितोला ८५ रुपैयाँ बढेर चाँदीको मूल्य १२ सय ५५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।