असोज २२, काठमाडाैँ। नेकपा एमालेका नेता बालकृष्ण ढुंगेल मृत अवस्थामा भेटिएका छन्। काठमाडाैँको काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत अवस्थामा फेला परेका हुन्।
परिवारका सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै भएको र बाथरूममा लडेर उनको निधन भएको बताइएको छ।
यसअघि नेकपा माओवादीमा रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत भएका थिए। सशस्त्र द्वन्द्वका क्रममा भएको एक हत्या आरोपमा उनी दोषी समेत भएका थिए।
सो अभियोगमा उनी करीब ७ वर्ष जेल बसेका थिए।