काभ्रे/ पाँचखाल। पाँचखाल युनाइटेड फुटबल एसोसिएसन(पुफा)को आयोजनामा र पाँचखाल नगरको सहयोगमा “खेलकुद विकास युवाको अभियान कृषि संस्कृति र पर्यटन प्रवर्द्धन पाँचखाल महोत्सवको पहिचान” मूल नाराका साथ पाँचखाल तेस्रो महोत्सव २०७९ आज असोज ३ गतेबाट शुरु भइसकेको छ ।
भोलि ७ गते महोत्सवको पाँचौं दिन राष्ट्रिय लोकदोहोरी गायक बद्री पंगेनी,कलाकार तामाङ सेलो र्यापर निमा लामा (मोजे सम्धी) र चरी उड्यो बादल छुनलाईका रबि के रिमाल “स्याड रोज” ब्याण्ड लगायत अन्य स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । महोत्सवमा टिकट शुल्क सर्वसाधारणका लागि रु ६०/- र विद्यार्थी सहुलियत दर रु ४०/-जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिलाई नि:शुल्क प्रबेशको व्यबस्था रहेको छ तर परिचय पत्र अनिवार्य रुपमा लिएर आउनुपर्ने आयोजक टिमले जानकारी गर्नुभएको छ।
महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरू, कृषि, घरेलु उद्योग, विभिन्न प्रकारका लत्ता कपडाहरू, खाद्यान्न, अटोमोबाईल, जुत्ताहरू, कृषि तथा हस्तकलाका सामाग्रीहरू, कृषि औजारका सामाग्रीहरूको स्टलहरू छन्महोत्सवमा फुटबल प्रतियोगिता,अर्गानिक कृषि प्रदर्शनी,स्थानीय खानाका परिकार,संस्कृति र पर्यटन प्रबर्द्धन स्टलहरु,बाल मनोरञ्जनात्मक गतिविधिहरु,राष्ट्रिय तथा स्थानीय कलाकारहरुको दैनिक बेजोड प्रस्तुति महोत्सवको मुख्य आकर्षण रहेको संयोजक काफ्लेले बताए ।