भक्तपुरको सूर्यविनायक चोकमा आज बसको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भने भक्तपुर नगरपालिका–१ की ७२ वर्षीया दिलमाया श्रेष्ठ रहेकी छिन् । बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको छ ।
सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५५१ नम्बरको पर्यटक बसले पैदल हिँडिरहेकी वृद्धालाई ठक्कर दिएको थियो ।