काभ्रे/पाँचखाल युनाइटेड फुटबल एसोसिएसन (PUFA)को आयोजना तथा पाँचखाल नगरपालिकाको सहयोगमा सञ्चालन हुन लागेको महोत्सव आजबाट सुरु हुने भएको छ ।पाँचखाल तेस्रो महोत्सव २०७९ मा सम्पुर्णमा स्वागत गर्दै कार्यक्रमको समुद्घाटन समारोह १ बजे पाँचखाल नगरका नगर प्रमुख महेश खरेल ज्युको प्रमुख आतिथ्यता, विशिस्ट अतिथि पाँचखाल नगरका उप-प्रमुख सुर्यमाया दनुवार ज्युको उपस्तिथिमा हुनेछ ।
आज बृहत झांकी नाच र्याली बिहान ११ बजे तामाघाट बोरेदोभान चोकदेखि रातमाटे महोत्सव स्थल सम्म हुने छ । कार्यक्रमको टिकट दर सर्वसाधारणका लागि रु ६०/- र विद्यार्थी सहुलियत दर रु ४०/- रहेको जानकारी गर्नुभएको छ। यस कार्यक्रममा जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिलाई नि:शुल्क प्रबेशको व्यबस्था रहेको छ तर परिचय पत्र अनिवार्य रुपमा लिएर आउनुपर्ने र साथै सर्वसाधारणका लागी आज पहिलो दिन भएकोले नि:शुल्क प्रवेश हुने जानकारी आयोजक टिमले दिनुभएको छ ।महोत्सवमा फुटबल प्रतियोगिता,अर्गानिक कृषि प्रदर्शनी,स्थानीय खानाका परिकार,संस्कृति र पर्यटन प्रबर्द्धन स्टलहरु,बाल मनोरञ्जनात्मक गतिविधिहरुको आकर्षण रहेको छ ।
यस महोत्सवमा दुई दर्जन भन्दा धेरै राष्ट्रिय कालकारहरु द एक्स ब्याड, एम्टि 8848 ब्याड, प्रमोद खरेल,धिरज राई, रचना रिमाल,हरि कर्माचार्य ,प्रकाश सपूत, पशुपति शर्मा, प्रिती आले, आस्था राउत,महेश काफ्ले,शान्ती श्री परियार,दुर्गेश थापा, ज्योति मगर, बद्री पंगेनी,कल्पना दाहाल,सरोज लामिछाने,घमेश दुलाल,नवराज घोरासाईने,भोजराज काफ्ले, कर्णराज गिरि,राजु परियार,प्रदिप रोक्का,राधिका हमाल,बबिता बानिया,रोज मोक्तान,साहिमा श्रेष्ठ,टीका प्रसाईं,राजन राज सिवाकोटी,रमेश श्रेष्ठ ,कुरेद्र बि.क, राजबाबु नेपाल, विल्सन बिक्रम राई, माहदेव त्रिपाठी,मनोज गोर्खाली साथै अन्य स्थानीय कालकारहरुको दैनिकबेजोड प्रस्तुती हुने छ ।