काभ्रे/पाँचखाल युनाइटेड फुटबल एसोसिएसन (PUFA)को आयोजना तथा पाँचखाल नगरपालिकाको सहयोगमा सञ्चालन हुन लागेको महोत्सव भोलिबाट सुरु हुने भएको छ ।’खेलकुद विकासमा युवाको अभियान, कृषि, सस्कृति र पर्यटन प्रवद्धन पाँचखाल महोत्सवको पहिचान’ भन्ने मुल नाराका साथ महोत्सव विजया दशमी तथा दिपावलीको सुअवसर पारि भोलि देखि १६ गते सम्म पाँचखालस्थित रातमाटे चौरमा सञ्चालन हुने छ ।
पाँचखाल तेस्रो महोत्सव २०७९ मा सम्पुर्णमा स्वागत गर्दै कार्यक्रमको समुद्घाटन समारोह १ बजे पाँचखाल नगरका नगर प्रमुख महेश खरेल ज्युको प्रमुख आतिथ्यता, विशिस्ट अतिथि पाँचखाल नगरका उप-प्रमुख सुर्यमाया दनुवार ज्युको उपस्तिथिमा हुनेछ ।भोलि बृहत झांकी नाच र्याली बिहान ११ बजे तामाघाट बोरेदोभान चोकदेखि रातमाटे महोत्सव स्थल सम्म हुने छ । कार्यक्रमको टिकट दर सर्वसाधारणका लागि रु ६०/- र विद्यार्थी सहुलियत दर रु ४०/- रहेको जानकारी गर्नुभएको छ। यस कार्यक्रममा जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिलाई नि:शुल्क प्रबेशको व्यबस्था रहेको छ तर परिचय पत्र अनिवार्य रुपमा लिएर आउनुपर्ने र साथै सर्वसाधारणका लागी भोलि ३ गते नि:शुल्क प्रवेश हुने जानकारी आयोजक टिमले दिनुभएको छ ।