लोक दोहोरी गीतबाट आफ्नो साँगितिक यात्रा सुरु गरेका गायक तथा संगितकार उत्सब सुब्बा लामाले लोकदोहोरी,तामाङ सेलो,पप र आधुनिक विधाको गीतहरु आफ्नो आवाजमा 100 को हाराहारीमा रेकर्ड गरि दर्शक स्रोता माझ पस्की सकेका छन्।उनको दोहोरी तर्फ चन्चले जवानी
रातोसडी रातो पछेउरा,धादिङ गजुरी,सालघारीमा साल तामाङ सेलो तर्फ रनन रन्किने,माथी माथी लेकमा,हेलम्बु बजार र पप आधुनिक तर्फ मेरो जिन्दगी,गाउँछ मेरो दिल जस्ता गीतहरु चर्चाको शिखरमा रहेको छ।लामा 2056 साल तिर गीतसंगित प्रतिको रहर र रुचिको भारी बोकेर
काठमाडौ आए 2057 मा झिल्के दाजु रामकुमार बोलको लोकदोहोरी गीत रेकर्ड गरेर आफ्नो साँगितिक यात्रा सुरु गरे।2057 देखि निरन्तर गायन क्षेत्रमा लागि परेका गायक लामा हेलम्बु बजार गीतबाट हालै सम्पन्न नेशनल बक्स अफिस अवार्ड 2022 बाट सम्मानित भएका छ्न गायक लामाको उत्तर उत्तर प्रगतिको कामना गर्दछौं।