देशको राजधानी नजिकै रहेको धादिङ जिल्लामा 13 अगस्ट 1982 मा जन्मिएका गायक लामाले 2057 सालमा झिल्के दाजु रामकुमार बोलको लोकदोहोरी गीतबाट आफ्नो साँगीतिक यात्रा सुरु गरेका हुन् गायक लामा एक भर्सटायल गायक पनि हुन् सबै बिधाका गीतहरु,सजिलै गाउन सक्ने खुबी राख्ने लामाले लोकदोहोरी,तामाङ सेलो,आधुनिक पप,जस्ता थुप्रै गीतमा आफ्नो स्वर दिईसकेका छन्।उनको लोक दोहोरी र तामाङ सेलो विधाका गीतहरु चर्चाको शिखरमा पुग्न सफल भैसकेको छ।कोभिडको कारण रोकिएको दोस्रो जिनियस म्यूजिक अवार्ड 2076हालै 2079/04/21 गते सम्पन्न भएको छ उक्त संस्करणमा रनन रन्किने बोलको गीतबाट सर्वोत्कृष्ट सेलो गायकको अवार्ड हात पार्न सफल भएका छन्।उक्त कार्यक्रममा माननीय कृषि तथा पर्यटन मन्त्री जीवन राम श्रेष्ठको प्रमुख आतिथ्य,बरिस्ठ संगीतकार शम्भुजीत बाँस्कोटा,राजु सिंह,सुरेश अधिकारी र अर्जुन पोख्रेलले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो।लामालाई हार्दिक बधाई। तथा शुभकामना।