दाङ – दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि तीन जनाको नाम सिफारिस भएको छ।
एमाले क्षेत्रीय कमिटी बैठकले उपाध्यक्ष युवराज ज्ञवालीसहित केन्द्रीय सदस्यद्वय घनश्याम पाण्डे र कोमल वलीको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिए।
ज्ञवाली पूर्व स्थानीय विकासमन्त्री हुन् भने पाण्डे तुलसीपुर उपमहानरपालिका निवर्तमान मेयर र वली निर्वतमान राष्ट्रियसभा सदस्य हुन्।