काठमाडौँ । फिल्म निर्माता एवम् अभिनेता दीपकराज गिरीले काठमाण्डाै कामनपाका मेयर बालेन्द्र साहकाे अनधिकृत संरचना हटाउने कार्यलाई समर्थन गरेका छन् ।
फेसबूकमा आफ्नो धारणा राख्दै गिरीले बालेन र बाबुराम भट्टराईबाट अरु मेयरले पनि सिक्नुपर्ने बताएका छन् ।
‘बालेन जे गर्दैछन्, बाबुरामले जे गरे, भोट घट्ला भनेर बाटोमा टाँसेर बनेका पर्खाल, घरहरूलाई छुनसमेत नसक्ने मेयरहरूले केही सिक्छन् कि ?’ उनले लेखेका छन् ।