काठमाडौं । नेपाली कांग्रेका वरिष्ठ नेता तथा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ।
स्वास्थ्यमा केही समस्या देखिएपछि मंगलबार साँझ हेम्स हस्पिटलमा स्वास्थ्य परिक्षण गर्दा उनको कोरोना रिपोट पोजेटिभ देखिएको हो ।
उनी अहिले निवासमा आइसोलेसनमा छन् भने चिकित्सकको परामर्श अनुसार दिउँसो अस्पताल भर्ना हुनेछन्।
अहिले उनको स्वास्थ्य अबस्था सामान्य छ । उनी हिजो गठबन्धन बैठकमा एकैछिन सहभागी भएका थिए । उनको स्वास्थ्यमा समस्या देखेपछि नेताहरुले पनि कोरोना परीक्षण गराउन सुझाएका थिए ।