साबिक मार्पाक,गा.वि .स. वडा नन्बर ७ बोरङ गाउँ हालको नेत्रावती दाबजोङ १ मा 2040/ 04 / 14 मा पिता पितम बा.सुनार र माता पदम कुमारी सुनार को दोस्रो सन्तान को रुपमा जन्मिनु भएका रेशम कुमार विश्वकर्मा ज्युको सानै उमेर देखी गित संगीत मा रुचिका कारण slc पश्चात् साङ्गितिक क्षेत्रमा निरन्तर खटिनु भएको छ।
यसैक्रममा गायक रेशम ले आजसम्म आफ्नोआवाजमा विभिन्न धारका ८५ वटा भन्दा बढी गित हरुमा आवाज दिई सक्नु भएको छ। र आफ्नै मुख्य अभिनय र production मा मैना राजा मैना रानी चलचित्र निर्माण गरिसकेको र प्रीमियर को तयारी मा रहेको जानकारी गर्दछौं ।
मिति 14/04/2079 मा
विगत 25 बर्ष अघि देखी साङ्गितिक क्षेत्रमा संगीत सम्योजन को भुमिका निभाउनु हुने चर्चित र ब्यस्त एरेन्जर राजु खड्का को मुख्य संगीत संयोजन मा सुमधुर आवाज का धनी गायक रेशम कुमार विश्वकर्मा को एकल साङ्गितिक कार्यक्रम रेशम साङ्गितिक रमझम कार्यक्रम रास्टृय नाचघर जमल मा अत्यन्त भव्य र सभ्य का साथ सम्पन्न भएको छ।
नेपालका वरिष्ठ संगीतकार राजु सिंह को प्रमुख आतिथ्य र वरिष्ठ चलचित्र कर्मी मिनसागर लामा,चर्चित गायक प्रेम लोप्चन,अग्रज ध्वनि सम्पादक डिका गुरुङ र नेपाली साङ्गितिक क्षेत्रका मुर्धन्य ब्याक्तित्व हरु को बिशिस्ट आतिथ्य मा कार्यक्रम सम्पन्न भएको थियोे ।
उक्त कार्यक्रम मा बिगत 22 बर्ष देखी नेपाली लोक गित क्षेत्रमा राज गर्ने चर्चित गायक राजु परियार र बिगत 25 बर्ष भन्दा अगाडि देखीलोक गित संगीत मा प्रयोग हुने नेपाली मौलिक बाजा सहनाई बादक 1 मात्र कलाकार भनेर चिनिने वरिष्ठ सहनाई बादक बल बा. जैरु लाई दोसल्ला र ताम्र पत्र द्वारा उच्च सम्मान प्रदान गरिएको थियो र 30औं भन्दा धेरै विभिन्न अतिथि कलाकार द्वारा अत्यन्त रमन्चिक बातावरण साङ्गितिक प्रस्तुति प्रस्तुत थियो।
उक्त कार्यक्रम को बारे आमन्त्रित ब्याक्तित्व र दर्शक स्रोता ले अत्यन्त प्रशन्सा गरेको चर्चा पाउदछौ। रेशम कुमार को आगामी दिन संगीत मय र अझ उन्नति प्रगति को कामना गर्द छौं ।