काठमाडौं – प्रहरीले काठमाडौंबाट ‘हनी ट्र्याप’ मा संलग्न आरोपमा श्रीमान-श्रीमती पक्राउ परेका छन् । पक्राउ पर्नेमा बालकोट बस्दै आएका २४ वर्षीय शेखर बाँस्तोला र २० वर्षीया रोजिना राउत रहेका छन् ।
प्रहरीले उनीहरूलाई बिहीबार बानेश्वरबाट पक्राउ गरेको हो।
उनीहरुले सामाजिक सञ्जालको प्रयोग गरी पीडितलाई सम्पर्क गर्ने र पछि ती व्यक्तिहरूलाई फोन गरी झूटा मुद्दा लगाइ फसाइदिन्छु भन्दै रकम असुल्ने गरेको बताइएको छ ।
शेखरले आफू साइबर ब्यूरोका प्रहरी निरीक्षक भनी परिचय गराउने समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताएको छ।