रसुवा – रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा माधव अर्यालले दुई हजार नाै सय ९९ मत पाउनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र लम्सालले दुई हजार पाँच सय ६० मत ल्याउनुभएको छ ।
यस्तै उपाध्यक्षमा एमालेकी चमेली गुरुङले तीन हजार एक सय ३४ मत ल्याएर निर्वाचित हुनुभयो । उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुनितामाया गुरुङले दुई हजार चार सय ५२ मत पाउनुभयो । अन्तिम परिणाम अनुसार वडा नम्बर १ मा नेकपा एमालेका मारसिङ तामाङ, वडा नम्बर २ मा एमालेका टुकु सुवेदी, वडा नम्बर ३ मा एमालेका लालबहादुर तामाङ, वडा नम्बर ४ मा कांग्रेसका अमर बहादुर बुलुन र वडा नम्बर ५ मा माओवादीका यमनाथ आचार्यले जित हासिल गर्नुभएको छ । २०७४ सालमा भएको निर्वाचनमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेले विजय हासिल गरेको थियो ।