काठमाडौं, पुस २६ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाकाहरुलाई भोली (सोमबार) देखि खोप लगाउन सुरु गरिदै छ ।
सिरिन्ज अभाव भन्दै दुई साताअघि स्थगित भएको कोरोनाविरुद्धको खोप अभियान भोलि पुस २७ गतेबाट सुरु हुन लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलिबाट उपत्यकामा तीनै जिल्लाका स्थानीय तहसँग समन्वय गरी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका खोप लगाउन सुरु गर्न लागेको जनाएको छ ।
यसअघि पुस १३ देखि २२ सम्म खोप अभियान शुरू गरिएको थियो । मन्त्रालयले भक्तपुरमा मोडर्ना, काठमाडौं र ललितपुरमा फाइजर खोप दिन लागेको हो । अन्य जिल्लाहरुमा समेत चाँडै खोप अभियान सुरु हुने मन्त्रालयले जनाएको छ । हाललाई काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विद्यार्थीलाई खोप लगाउन लागिएको मन्त्रालयले जनाएको छ ।