काठमाडौँ – अविरल बर्षाका कारण सिन्धुपाल्चोकको मेलम्चीमा पानीको वहाब बढेको छ । शनिवार खोलामा पानीको वहाब बढेपछि मेलम्ची-११ का गोपाल दुलालको तीन तले घर ढलेको छ ।
गएको असार १ गते आएको बाढीले ढल्ने अवस्थामा पुगेको दुलालको घर आज ढलेको हो । यसअघि मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले ५ जनाको ज्यान गएको थियो भने ४ सय भन्दा बढी परिवार प्रभावित भएका थिए ।