काठमाडौं – बाढी र पहिरोका कारण सिन्धुपाल्चोकका हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्रमा ठुलो क्षति भएको छ ।
यस्तो अवस्थामा बाढी पीडितको सहयोगको लागि कलाकारहरु पनि जुटेका छन् । अभिनेत्री करिश्मा मानन्धरले पनि सिन्धुपाल्चोकका बाढी पीडितलाई आफुले सहयोग गर्ने घोषणा गरेकी छिन् ।
मेलम्चीको इन्द्रावती नदीले भत्काएको संरचना पुननिर्माणका लागि आर्थिक सहायता जुटाउन सरकारले अभिनेता कृष्ण मल्लको संयोजनमा समिति गठन गरेको छ । बाढी पीडितको सहयोगको लागि समिति गठन भएपछि आइतबार सामाजिक सञ्जालमार्फत मानन्धरले आफुले एक लाख रुपैया सहयोग गर्ने बताएकी छिन् ।
उनले सबै कलाकारहरुको तर्फबाट आआफुले सक्ने सहयोग सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने निधो भएकाले आफुले एक लाख सहगोग गर्ने निधो गरेको बताएकी छिन् ।
उनले लेखेकी छिन् – हिजो भएको मिटिङ अनुसार आदरणीय दाइ कृष्ण मल्लको संयोजनमा 10 गते सबै कलाकारहरुको तर्फबाट आ-अफुले सक्ने सहयोग संबंधित निकायलाई हस्तान्तरण गरिने निधो भयेकोले सम्पूर्ण कलाकार साथीहरूलाई यो जानकारी गराए । अहिले कोरोनाको मारामारिको यो अवस्थामा यो नै सुरक्षित उपाय हो । साथै उठेको रकमले कमसेकम वाहाहरुलाइ वर्षा को यो मौसममा ओत लाग्ने छानोको व्यवस्था हुन सकोस् । मेरो तर्फबाट रु, 100000 उपलब्ध गराउने जानकारी गराउन चाहान्छु । यो समस्या भनेको सहभागी मुलक तरिकाबाट मात्रै समाधान हुने समस्या हो । सबैले सकेको सहयोग गरौ । 10 गतेको भेनु मल्ल दाइले जानकारी गराउनु हुनेछ् ।