• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २८, आईतबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २८, आईतबार
in
होमपेज / बागमती
  • १५१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • काभ्रेका तीन अस्पताललाई भेन्टिलेटर र अक्सिजन कन्सन्ट्रेटर सहयोग

  • संदेश पत्र
  • २०७८ जेष्ठ १७, सोमबार (३ साल अघि)
  • फाईल तस्विर

    कोरोना भाइरस संक्रमण महामारीको समयमा जनताको जीवन रक्षाका लागि सक्रिय काभ्रेका तीनवटा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग प्राप्त भएको छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको समन्वयमा प्रारम्भ (सामाजिक संस्था) र आनी छोइङ डोल्मा फाउण्डेशनले जिल्लाका धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल र मेथिनकोट अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण सहयोग गरेको छ ।

    कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको रोहवरमा सोमबार धुलिखेल नगरपालिकाको प्राङगाणमा सम्वन्धीत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको थियो । प्रारम्भ सामाजिक संस्थाकी अध्यक्ष एवं सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रीका अनुसार धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताललाई एक÷एक वटा भेन्टिलेटर, २/२ वटा अक्सिजन कन्सन्ट्रेटर, २०/२० थान पिपिइ तथा मेथिनकोट अस्पताललाई २ वटा अक्सिजन कन्सन्ट्रेटर, २० थान पिपिइ हस्तान्तरण गरिएको हो ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख उद्वब केसी, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि तथा प्रारम्भ सामाजिक संस्थाका अध्यक्ष कल्पना क्षेत्री, सुप्रसिद्ध गायिका एवं सामाजसेवी आनी छोइङ डोल्मा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले धुलिखेल अस्पतालका डा. रमेश श्रेष्ठ र डा. दिपक श्रेष्ठ, शिर मेमोरियल अस्पतालका डा. एन्जिला, डा अरुण गुप्ता र कार्यकारी निर्देशक सुन्दर थापा, मेथिनकोट अस्पतालका अध्यक्ष कृष्ण खनाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । काभ्रेका यी तीनवटै अस्पताल अहिले कोभिड डेडिकेटेड अस्पतालको रुपमा कोरोना संक्रमित बिरामीको जीवनरक्षाका लागि सक्रिय छन् । यी अस्पताललाई प्राप्त स्वास्थ्य उपकरणबाट अस्पतालको सेवामा थप टेवा पुग्ने अपेक्षा गरिएको महासंघका सचिव कपिल कोईरालाले बताउँनुभयो ।

    कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले स्वास्थ्य सामग्री सहयोगको हिसाबले काभ्रेपलाञ्चोक जिल्लामा यो ठूलो सहयोग भएको र यसले मानिसको जीवन बचाउन ठूलो राहत मिल्ने बताउँनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले राज्यले गर्नुपर्ने काम कुनै व्यक्ति र संस्थाले गर्दा कोभिडविरुद्धको अभियान सफल बनाउन थप मद्दत पुग्ने बताउँनुभयो । उहाँले यो जनताको जीवन रक्षाको अभियानमा डिसिसिएमसीलाई पनि सहभागी गराएर सहयोग उपलव्ध गराएकोमा सहयोगी संस्थाको प्रशंसासमेत गर्नुभयो ।

    सहयोगी संस्थाको तर्फबाट सुप्रसिद्ध गायिका आनी छोइङ डोल्माले आफूहरु प्रचार र हल्ला गर्नुभन्दा पिवदमा साथ दिन आएको बताउँदै भोलीका दिनमा राज्य र समुदायलाई जोगाउन आफूहरुको साथ र सहयोग रहने प्रतिवद्धता जनाउँनुभयो । अस्पताललाई उपकरण सहयोग गरेर नागरिकको ज्यान बचाउन पाए त्योभन्दा ठूलो आत्मसन्तुष्टि अरु कुनै हुन नसक्ने उहाँको भनाई थियो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना,नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष इश्वोरी ओझा, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र कुमार झा, कालिजंग गणका गणपति मिलन थापा, जिल्ला प्रहरी कार्यलयका डिएसपी हरि खतिवडा, ससस्त्र प्रहरीका डिएसपी मनोहरी कुइकेल, प्रारम्भ संस्थाका सदस्य सुनैना क्षेत्री र माधव क्षेत्री लगायतको सक्रिय सहभागिता रहेको थियो ।

    यसअघि प्रारम्भ (सामाजिक संस्था) र आनी छोइङ डोल्मा फाउण्डेशनले बनेपा, धुलिखेल, पनौती, पाँचखाल र नमोबुद्ध नगरपालिका तथा भुम्लु र रोशी गाउपालिकाका आइसोलेसन केन्द्रका लागि अक्सिजन कन्सन्ट्रेटर, पिपिइ, पल्स अक्सीमिटर लगायतका स्वास्थ्य सामग्री प्रदान गरिसकेको कार्यक्रममा महासंघका अध्यक्ष तिमल्सिनाले जानकारी गराउँनुभयो ।न्युज अफ नेपाल

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution