काभ्रेको मण्डनदेउपुर नगरपालिका जेठ २१ गतेसम्म शिल गरिने भएको छ । कोरोना सं क्रमण बढेपछि शिल गर्ने निर्णय गरिएको नगरप्रमुख टोक बहादुर वाईबाले जानकारी दिनुभयो ।
नगरप्रमुख वाईबाका अनुसार जेठ १२ गतेदेखि २१ गतेसम्म नगरपालिकाको सबै क्षेत्र शिल गरिने छ । पछिल्लो समय मण्डनदेउपुर नगरपालिकामा कोरोना सं क्रमण निकै फैलिएको छ । कोरोना भाईरसको नियन्त्रण र रोकथामका लागि शिल गरिएको नगरप्रमुख वाईबाले बताउनुभयो ।
शिल अवधिभर सबै प्रकारका हिडडुल बन्द गरिएको छ । दूध संकलन तथा बिक्री वितरण गर्ने सबै डेरीहरू पूर्ण रुपमा बन्द गर्न नगरपालिकाले निर्देशन दिएको छ । औषधी र ईन्धन बाहेकका नगरभित्र रहेका सबै प्रकारका पसल, उद्योग, कलकारखाना, ब्यापार, ब्यवसाय बन्द गर्न आग्रह गरिएको नगरप्रमुख वाईबाले बताउनुभयो ।
नगरपालिकाले जारी गरेको निर्देशन अवज्ञा गरे सं क्रामक रोग ऐन २०२० अन्तर्गत कानुनी का रबाही गरिने बताईएको छ । यसअघि नगरपालिकाले सं क्रमण बढ्ने र मानिसको आवात जावात नरोकिएको भन्दै वडा नम्बर ६ लाई शिल गरेको थियो । वडा नम्बर ६ को सिपाघाट बजारमा मानिसहरूको अनावश्यक चहलपहल पढेपछि नगरपालिकाले शिल गरेको हो ।