काठमाण्डाै – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि आफूलाई प्रधानमन्त्रीको दाबी गर्दै राष्ट्रपति कार्यालय जानुभएको छ । एमालेका २१ जना र जनता समाजवादी पार्टीका १७ जना सांसदको हस्ताक्षर लिएर प्रधानमन्त्री ओली शीतल निवासमा जानुभएको हो ।
ओलीले अहिले राष्ट्रपतिसँग परामर्श गरिरहनुभएको छ भने कांग्रेस र माओवादी गठबन्धनका शीर्ष नेताहरू बैठक कक्षमा राष्ट्रपतिको प्रतिक्षा गरिरहेका छन् । कांग्रेस र माओवादी गठबन्धन पनि सरकारको दाबी गर्दै शीतल निवास पुगेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसद्को बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिनुभएको छ ।
नयाँ सरकार गठनका लागि एक सय ३६ सांसदको आवश्यकता पर्छ ।