नेपाल सरकारले धुलिखेल अस्पताललाई ६ करोड ८० लाख रुपैयाँ दिने घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड अस्पताललको रुपमा क्षमता बढाउन रकम दिने घोषण गरेको हो । सरकारले दिएको रकमबाट अक्सिजन प्लान्ट, भेन्टिलेटर र अक्सिजन ट्याङ निर्माणका लागि खर्च गरिने धुलिखेल अस्पतालका वरिष्ट मुटुरोग विशेषज्ञ डाक्टर राजेन्द्र कोजुले बताउने भयो ।
डाक्टर कोजुका अनुसार अहिले धुलिखेल अस्पतालले एचडियू आईसियू र सामान्य बेड गरी १२५ वटा बेडमा कोरोना संक्रमितको उपचार गरिरहेको छ । अस्पतालले कोरोना भाईरस संक्रमित ३६ जनालाई आईसियूमा र अन्यालाई एचडियू र सामान्य बेड उपचार गरिरहेको छ । नेपाल सरकारको सहयोगपछि संक्रमितहरुलाई राहत मिल्ने डाक्टर कोजुले बताउने भयो । देशभरका अस्पताल आफ्नै अक्सिजन प्लान्ट नहुँदा बिरामीले हैरानी खेपिरहेका छन् ।