बनेपा नगरपालिका पूर्ण रुपमा बन्द गर्ने भएको छ । औषधी पसल र अस्पताल बाहेक सबै क्षेत्र खाद्यान्न, तरकारी दुग्धजन्यपर्दाथ फलफुल पसल तथा व्यवसायीहरु र बैक तथा वित्तिया संस्थाहरुबाट प्रदानहुने सेवा पूर्ण रुपमा वन्दा गर्ने भएको हो ।
नगरपालिकामा बैशाख ३ गते सरोकारवालाहरुसंग बसेको बैठकको निर्णय अनुसार जेठ ४ गते मंगलबार रातको १२ बजेदेखि जेठ १द्द गते बुधबार रातको १२ बजे सम्म बनेपा नगरलाई पूर्ण रुपमा शिल गरेको नगर प्रमख लक्ष्मीनरसिंह वादे श्रेष्ठले बताउनु भयो ।
फोहोरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युतको सेवा दिने कार्यालयहरुले न्यूनतम कर्मचारी मार्फत स्वास्थ्यका आधारभुत मापदण्ड पुरा गरेर मात्र सेवा प्रवाह गर्न नगरप्रमख वादे श्रेष्ठले अनुरोध गनुर्भयाे ।