कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ।
महानगरीय अपराध महाशाखामा कार्यरत् असई ४२ वर्षीय देवी पुरीको बिहीबार बिहान मृत्यु भएको हो।
भेन्टिलेटरमा उपचाररत् उनको बिहान ७ बजे नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको महाशाखा स्रोतले बतायो।पुरी दुई सातादेखि अस्पताल भर्ना भएका थिए।