काठमाडौं – इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्कका सञ्चालकको कोरोना संक्रमणबाट निधन भएको छ ।
वर्ल्डलिंकका सह(संस्थापक तथा निर्देशक विजय जलानको बिहिबार ४६ वर्षको उमेरमा निधन भएको हो ।
वैशाख १५ गते गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएका उनी उपचारको लागि लितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।
उनको बिहिबार अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । कोरोना संक्रमणपछि उपचार गरिरहेका उनी ठिक भएपछि घर फर्किएका थए । तर फेरि संक्रमणले च्यापेपछि अस्पताल भर्ना भएका थिए ।